उदयपुरका थप ८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ४०


२०७७ बैशाख ९ मंगलबार ०७:४१ बजे

काठमाडौं, ९ वैशाख :  उदयपुरका थप आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा ८ जनाकै प्रयोगशाला परीक्षणमा कोरोना पोजेटिभ आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीका अनुसार बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको प्रयोगशाला परीक्षणमा ८ जनामै कोरोना पोजेटिभ देखिएको हो । उनीहरु पनि उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरु नै हुन् । उनीहरु उदयपुरको त्रियुगा नगरपालिकास्थित नुरी मस्जिद र अगावैदण्दीगढि नगरपालिका ५ सिवाहीस्थित जामे मस्जिदका गएका व्यक्तिहरु हुन् ।

सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरानस्थित बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। प्रतिष्ठानको परिक्षणमा संक्रमण पुष्टी भएको हो ।

यसअघि आजै उदयपुरका ३३ बर्षीय एक जना युवामा कोरोना संक्रमण देखिएको थियो । थप आठ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।

यसअघि आजै उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७