रवि लामिछानेको मुद्दामा आदेश आउँदै, रास्वपा नेताहरु अदालत परिसरमा
काठमाडौं । जिल्ला अदालत काठमाडौंमा रवि लामिछानेको मुद्दामा थुनछेक बहस सकिएको छ । बहस सकिएपछि आदेशको तयारी भइरहेको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा गत आइतबारदेखि बयान र बहस भइरहेको छ । स्वर्णलक्ष्मी सहकारीको पैसा गैरकानुनी रूपमा गोर्खा मिडियामा गएको र त्यो पैसा खर्च गर्नेमा लामिछानेको समेत भूमिका रहेको भन्दै उनलाई प्रतिवादी बनाइएको छ ।
जिल्ला अदालत अगाडि ठूलो संख्यामा रास्वपाका समर्थकहरू उपस्थित भएका छन् । रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, सांसदहरू डा. चन्दा कार्की, सोविता गौतम, हरि ढकाल, रविकी श्रीमती निकिता अदालत पुगेका हुन् । उनीहरू इजलासबाहिर रविसँग बसेर आदेश कुरिरहेका छन् ।