अदालत परिसरमै अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात


२०८१ माघ २ बुधबार २०:४३ बजे

काठमाडौं । काठमाडौं जिल्ला अदालत परिसर बबरमहलमा अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको छ । सहकारी पीडितका तर्फबाट वकिल रहेका त्रिपाठीमाथि अदालत परिसरमा बुधबार अपराह्न हातपात भएको हो ।स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेको थुनछेक आदेश आउनुअघि त्रिपाठीमाथि हातपात भएको हो । त्रिपाठीमाथ हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

‘धक्काधक्की भएको हो, त्यस मान्छेको पहिचान गर्दैछौं’, जिल्ला प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले भने । रविविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । न्यायाधीशले आजै आदेशको तयारी गरेका छन् । रविको मुद्दाबारे आदेश आउने भएपछि रास्वपा र रविका समर्थक अदालत आसपास बाक्लो संख्यामा उपस्थित भएका छन् ।

बहसहरु सकिएपश्चात न्यायाधीशले सबैलाई बाहिर पठाएर अहिले आदेश लेख्दैछन् ।काठमाडौं अदालत परिसरमा रास्वपा कार्यवाहक सभापति डिपी अर्याल, सांसदहरू सोबिता गौतम, चन्दा कार्की, हरि ढकाल, नेता दीपक बोहरा र रमेश प्रसाईंलगायत पनि उपस्थित छन् । अहिले अदालत परिसरमा ठूलो संख्यामा प्रहरीहरू परिचालन गरिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७