राष्ट्रिय वाणिज्य बैंकको १२ प्रतिशत नगद लाभांश प्रस्ताव


२०७६ माघ ३ शुक्रबार ०७:३४ बजे

काठमाडौं, ३ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले १२ प्रतिशत लाभांश प्रस्तावसहित साधारण सभा गर्ने भएको छ। बैंकले माघ २४ गते साधारण सभा बोलाएको छ।

बैंकले चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १ अर्ब ८ करोड ५ लाख ७५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यस्तै, गत वर्षको वित्तीय विवरण पारित गर्ने तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने छ। साधारण सभा दरबारमार्गस्थित राष्ट्रिय वाणिज्य बैंकको सभाहलमा दिउँसो २ बजे शुरु हुने बैंकले बताएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७