गोर्खाज फाइनान्स लिमिटेडद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण


२०७६ मङ्सिर ३० सोमबार १५:४५ बजे

कैलाली, ३० मंसिर । गोर्खाज फाइनान्स लिमिटेडले आफ्नो २५ औं बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तगत कैलालीको गौरीगंगा नगरपालिका–४ मा स्थित कालिका माध्यमिक विद्यालयका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा वितरण गरेको छ ।

एक कार्यक्रम गरी गोर्खाज फाइनान्सका अध्यक्ष यादवचन्द्र राईले ६० जना विद्यार्थीहरुलाई जाडोमा लगाउने स्वीटर प्रदान गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष राईले गोर्खाज फाइनान्स नाफामुखी संस्था मात्र नभएर सामाजिक उत्तरदायित्वका कार्यहरुमा पनि सक्रिय रहेको जानकारी गराएका थिए ।

गोर्खाज फाइनान्सको कैलालीमा चौमाला शाखा रहेको छ । हाल उक्त शाखाले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा दिंदै आइरहेको छ । राष्ट्रियस्तरको गोर्खाज फाइनान्स लिमिटेडले सातै वटा प्रदेशमा २३ वटा शाखा खोली आफ्ना ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

हाल फाइनान्सले आफ्ना ग्राहकलाई आधुनिक वित्तीय सेवाहरु मोबाइल तथा इन्टरनेट बैंकिङ, आइ.पि.एस. सेवा, डेविट कार्ड, सि–आस्वा जस्ता सेवा सरल रुपले प्रदान गर्दै आएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७