पार्वती गुरुङले जितिन स्वर्ण
काठमाडौं, १६ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत तेक्वान्दोमा पार्वती गुरुङले स्वर्ण पदक जितेकी छिन् ।
नेपालका लागि पार्वती गुरुङले तेक्वान्दोमा अर्को स्वर्ण थपेकी हुन् । उनले २३ वर्षमाथि र २९ वर्षमुनिको समूहमा नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । फाइनल भिडन्तमा उनले ८.२५० अंक बटुल्न सफल भइन् ।
यसअघि नेपालकी आयशा शाक्य र सिना मादेन लिम्बले स्वर्ण पदक जिति सकेका छन् ।