फर्नान्डो टोरेसले लिए सन्यास

काठमाडौं, ६ असार । स्पेनका विश्वकप विजेता खेलाडी फर्नान्डो टोरेसले फुटबलबाट सन्यास लिने घोषण गरेका छन् ।
३५ वर्षका टोरेसले एथ्लेटिको मड्रिड, लिभरपुल, चेल्सी जस्ता फुटबल क्लबमा १८ वर्ष बिताए थिए । अहिले उनी जापानको लिगमा सागन टोसु क्लबबाट खेलिरहेका थिए ।
उनले ट्वीटमार्फत भनेका छन्, ‘१८ वर्षको रमाइलो समयपछि अब फुटबलबाट टाढिने बेला आएको छ’ । उनले आइतबार पत्रकार सम्मेलन गरेर सबै कुरा बताउने उल्लेख गरेका छन् ।
स्पेनको राष्ट्रिय टिमबाट ११० खेल खेलेका टोरेस २००८ को युरोकप, २०१० को विश्वकप र २०१२ को युरोकप जित्दा स्पेन टिममा महत्वपूर्ण खेलाडी थिए । उनले स्पेनका लागि ३८ गोल गरेका छन् ।