स्पेनिस ला लिगा : बार्सिलोना र रियल सोसियडाड विजयी


२०७६ बैशाख ३० सोमबार ००:५७ बजे

काठमाडौं, ३० बैसाख । स्पेनिस ला लिगामा बार्सिलोनाले गेटाफेमाथि जित निकाल्दा रियल मड्रिड रियल सोसियडाडसँग ३–१ ले पराजित भएको छ ।

लिगको उपाधि जितिसकेको बार्सिलोनाले गेटाफेलाई २–० ले हरायो । बार्सिलोनाको जितमा अर्टुरो भिडलले एक गोल गरे भने अर्को एक गोल गेटाफेका खेलाडीले आत्मघाती गरेका थिए ।
३९औं मिनेटा भिडलको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । ८९औं मिनेटमा डेन डाकोनामले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोनाले सहज जित निकालेको हो ।

लिगमा बार्सिलोनाले ८६ अंक बनाएको छ । एक खेल खेल्न बाँकी रहँदा लिगको शीर्ष तीन स्थानको टुंगो लागिसकेको छ । ७५ अंक बनाउँदै एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ । ३७ औं चरणको खेलमा एट्लेटिको मड्रिड सेभियासँग बराबरीमा रोकियो ।

यो बराबरी सेभियाका लागि भने निकै महत्वपूर्ण रह्यो । उसले ५६ अंक बनाएको छ । शीर्ष चारमा रहेर अर्को सिजनको च्याम्पियन्स लिग खेल्नका लागि सेभियाको यो अंक महत्वपूर्ण बन्यो ।

एट्लेटिको मड्रिडका लागि कोकेले ३०औं मिनेटमा गोल गरेका थिए । ७०औं मिनेटमा सेभियाका लागि पाब्लो सारावियाले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । रियल मड्रिडले भने रियल सोसियडाडसँग ३–१ को पराजय भोगेको छ । सोसियडाडको मैदानमा भएको खेलमा रियलले एक गोलको अग्रता जोगाउन सकेन ।

छैठौं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा मिकेल मेरिनोले सोसियडाडका लागि गोल गर्दै खेल बराबरीम पुर्‍याए । दोस्रो हाफमा रियल सोसियडाडले दुई गोल थप्दा रियल मड्रिड स्तब्ध बन्यो । ५७ औं मिनेटमा जोसेबा जाल्डुआ र ६७ औं मिनेटमा एन्डर बारेनेक्साले गोल गर्दै सोसियडाडलाई जित दिलाए । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७