संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा उठेका केहि कुरा ‘अस्वभाविक’ : नेम्वाङ्ग


२०७६ बैशाख २९ आइतबार ००:३९ बजे

काठमाडौं, २९ बैसाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवाचन्द्र नेम्वाङले संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा उठेका केहि अस्वभाविक भएको बताएका छन् ।

नेता नेम्वाङ्गले सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रममाथि सांसदको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रममा क्रममा जुन रुपमा वैठक अघि बढ्नु पर्ने हो त्यस्तो हुन नसकेको संकेत गर्दै अस्वभाविक कुरा भएको बताएका हुन् । नेम्वाङले जीवन्त संसदको लागि हुने गरेका टिप्पणीहरु स्वभाविक भएको बताएका छन् ।

सभामुख कुनै एक दलको नभएर सबैको साझा भएकाले पछिल्लो समय उठेका कुराहरु ध्यानमा राखेर सभामुख कृष्णबहादुर महरा अघि बढ्नुपर्ने नेम्वाङले सुझाव समेत दिएका छन् । संसदमा राम्रा–नराम्रा दुबै खाले अनुभवहरु हुने स्वीकार्दै नेम्वाङले राम्रा नजिरहरुलाई आत्मसात गर्दै त्रुटिहरुबाट सच्चिदै जानुपर्ने औंल्याए ।

प्रधानमन्त्री, तथा माननीयहरु जोसुकैले पनि संसदको मर्यादा ख्याल राख्नु पर्ने उनले बताएका छन् । यसैबीच नेता नेम्वाङले नेकपा पार्टी एकीकरणका बाँकी कामहरु आउँदो जेठ ३ गते पूरा हुने जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया भ्रमणमा जानुपूर्व नै एकताका बाँकी काम टुंगिसकेको दावी गर्दै नेता नेम्वाङले प्रधानमन्त्री स्वदेश फर्केपछि पार्टी एकताको कामले गति लिने बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७