‘भागवत गीता’ मा को–को होलान् त ?


२०७६ बैशाख १५ आइतबार १६:५५ बजे

काठमाडौं, १५ बैशाख । तेश्रो हप्तामा चलचित्र ‘ए मेरो हजुर ३’ को व्यापार सुखद रहेको छ । दुई हप्तासम्म आक्रामक व्यापार गरेको यो चलचित्रले नेपालबाट निर्मातालाई राम्रै नाफा दिइसकेको छ । विदेशको कमाई, डिजिटल राइटस् आदि निर्माताले राम्रो रकम गोजीमा हाल्ने पक्का छ ।

यो चलचित्र सुपरहिट भएपछि नायक अनमोल केसी र नायिका सुहाना थापाको जोडी फेरि पनि चलचित्रको पर्दामा आउनुपर्छ भन्ने माग पनि बढ्दो छ । नायक अनमोल केसीले नयाँ चलचित्र कुनमा काम गर्छन् भन्ने चर्चा र अनुमान पनि चलचित्र बजारमा चलिरहेको छ । नायिका झरना थापाको एउटा स्टाटसले भने अझै कौतुहलता बढाई दिएको छ ।

झरनाले गत बर्षदेखि नै ‘भागवत गीता’ नाममा चलचित्र बनाउने तयारी गरेकी थिइन् । तर, ‘ए मेरो हजुर २’ हिट भएपछि झरनालाई वितरकले नै यसको तेश्रो पार्ट बनाउन दबाब दिएका थिए । जसका कारण, ‘ए मेरो हजुर ३’ बनेको थियो ।

अब भने झरना ‘भागवत गीता’ बनाउन कस्सिएकी छिन् । उनले सामाजिक संजालमा नायक अनमोल केसी, नायिका सुहाना थापा र आफ्नो तस्बिर शेयर गर्दै ‘मेरा भागवत र गीता’ भनेर लेखेकी छिन् । वुझिएअनुसार, नायिका सुहाना थापाको जन्मदिनमा यो चलचित्रको घोषणा हुनेछ । चलचित्रका लागि अनमोल केसीसँग कुराकानी अगाडि बढेको छ । तर, अनमोलसँग सम्झौता भने भईसकेको छैन ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७