१९ वर्षका युवकले प्रार्थनास्थलमा चलाए अन्धाधुन्ध गोली, एक महिलाको मृत्यु


२०७६ बैशाख १५ आइतबार ११:३३ बजे

क्यालिफोर्निया, १५ बैसाख । अमेरिकाको क्यालिफोर्नियास्थित यहुदीहरुको प्रार्थनास्थल (सिनेगग) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक महिलाको मृत्यु भएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन् ।

सान डियागो शहरको उत्तरमा पर्ने पोवेस्थित यहुदीहरुको आराधनास्थलमा बन्दुकधारीले अन्धाधुन्ध गोली गोली प्रहार गरेका हुन् । प्रहरीले घटनामा संलग्न भएको आशंकामा १९ वर्षका एक युवकलाई पक्राउ गरेको छ ।

आराधनास्थलमा पासओभर सेलिब्रेसन भइरहेका बेला अन्धाधुन्ध गोली प्रहार भएको हो । प्रहरीले आक्रमणको कारण थाहा नभएको जनाएको छ । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘घृणाका कारण उब्जिएको अपराध’ भनेका छन् । (एजेन्सी)

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७