नयाँ प्रहरी ऐन : सेवा हदबारे प्रहरीभित्रै विवाद, चर्कियो सेवा हदको राजनीति
काठमाडौं, २ बैसाख । नयाँ प्रहरी ऐन बन्ने प्रक्रिया अघि बढेपछि नेपाल प्रहरीमा सेवा हदबारे विवाद चर्किएको छ ।

केही प्रहरी अहिलेको ३० वर्षे सेवाहद कायमै राख्नुपर्ने पक्षमा छन् भने अर्काथरी हटाउनुपर्ने पक्षमा छन् ।
दुईथरी लबिङका कारण गृह मन्त्रालयका अधिकारी नै अन्योलमा परेका छन् ।
यस्तो छ सेवा हदको राजनीति
०४८ देखि प्रहरीमा सेवाहदको राजनीति हुन थालेको थियो । त्यसबेला सरकारले रत्नशमशेर राणालाई हटाएर मोतीलाल बोहरालाई आइजिपी बनाउन ३० वर्षे सेवा हद लागू गरायो । तर, लगत्तै सेवाहद हटाएको थियो ।
०६५ मा फेरि सेवाहद लागू भएपछि यो कायमै छ । सेवाहदसम्बन्धी प्रावधान नियमावलीमा हुँदा मन्त्रिपरिषद्ले सहजै संसोधन गरी आफूअनुकुल निर्णय गर्दै आएको थियो । नयाँ पत्रिका दैनिकबाट
.gif)

.png)

