लाहुरे बन्न २६ जिल्लाका युवा पोखरामा


२०७५ फाल्गुण २८ मंगलबार ०७:३३ बजे

पोखरा, २८ फागुन । भारतीय सेनाको गोर्खा भर्तीमा भाग लिन अहिले २६ जिल्लाका युवा पोखरामा छन् । मंगलबारदेखि पोखराका युवाबाट भारतीय गोर्खा छनौट थालिएको छ । पाँच दिनसम्म चल्ने भर्तीमा भारतीय सेनाका लागि नेपाली युवा छनोट गरिने छन् ।

मंगलबार पहिलो दिनको छनोट परीक्षा दिन कास्की र स्याङ्जाको पालो थियो । यसका लागि १६ सय युवा सहभागी छन् । भारतीय सेनाका लागि भर्ती प्रक्रिया सञ्चालन गर्न गोरखपुरबाट आएका अधिकारीहरु अनुसार वर्षेनी लिन संख्यात्मक कोटा निर्धारित नहुने भएपनि निर्धारित परीक्षा उत्तीर्ण गर्ने सबैलाई भर्ती लिने जनाइएको छ ।

नेपालबाट वर्षेनी भारतीय सेनाको छनोट परीक्षा पास गरेर भर्ती हुने युवाको संख्या २५ सयदेखि तीन हजार हुने गरेको छ । पोखराको बैदानस्थित अञ्चल प्रहरी कार्यालय परिसरमा यसपटक पश्चिम क्षेत्रका लागि भइरहेको भारतीय आर्मीको छनोट परीक्षामा २६ जिल्लाका युवाहरू सहभागी हुँदैछन् ।

आगामी शनिवारसम्म चल्ने छनोटमा गण्डकी प्रदेशका ११ जिल्लासँगै दैलेख, सुर्खेत, बाँके, बर्दिया, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, बझाङ, अछाम, डोटी, बाजुरा, र कैलालीका युवा सहभागी हुनेछन् । फिटनेस परीक्षणपछि निस्कने अन्तिम सूचीमा नाम परेकाहरूले मात्रै भर्ती हुन पाउने छन् । लाहुरे लाग्नेहरुको कारण अहिले पोखरामा घुइँचो पनि बढेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७