विदेश भ्रमण को जाने भन्नेमा जनप्रतिनिधिबीच विवाद, गोलाप्रथाबाट लिइयो निर्णय


१८:११ बजे

बाँके, १८ फागुन । विदेश भ्रमणमा जानका लागि नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ ।

विदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोला प्रथाबाट छनोट गरिएको हो । उपमहानगरमा आएको स्वीट्जरल्याण्ड, थाइल्याण्ड र दुबई भ्रमणको कोटाका लागि विवाद चर्केपछि जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको नेपालगञ्ज–११ का वडाध्यक्ष उज्जवलसिंह राठौरले जानकारी दिए ।

‘जनप्रतिनिधिबीच विवाद चर्केपछि गोलाप्रथा गरेका छौं’–वडाध्यक्ष राठौरले भने–‘उपप्रमुख उमा थापामगरले आफू नै जान पाउनुपर्ने अडान राखेपछि गोलाप्रथा गर्नुपरेको हो ।’ उपप्रमुखले नमानेपछि उपमहानगरपालिका र कांग्रेस पार्टीमा समेत विवाद बढ्दा गोलाप्रथा गर्नुपरेको उनले बताए ।

गोला प्रथाअनुसार उपप्रमुख थापामगर नै छनोटमा परेकी छन् । विदेश भ्रमणका लागि आएका १० वटा कोटामध्ये नेकपा, कांग्रेस र राप्रपालाई क्रमशः तीनरतीन र एउटा फोरमको भागमा परेको थियो ।

कांग्रेस बाहेकका दलले सहमतिकै आधारमा नामावली दिए पनि उपप्रमुखको ढिपीले कांग्रेस निकट जनप्रतिनिधिबीच गोलाप्रथा भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७