अदालतमा धरौटी बुझाएर रिहा हुँदै रवि


२०८१ माघ २ बुधबार २१:२९ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर रिहा हुने भएका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछाने बैंक ग्यारेन्टी राखेर रिहा हुने भएका हुन् ।

काठमाडौं जिल्ला अदालतको आदेशपछि लामिछानेले प्रभु बैंकमा बैंक ग्यारेन्टी राखेर रिहाइको प्रक्रिया अगाडि बढाएका हुन् । रवि लामिछानेका साथै रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र उनकी श्रीमती निकिता पौडेल धरौटीको प्रक्रिया अघि बढाउँदै छन् ।  

अदालतभित्र धरौटीको प्रक्रिया चलिरहँदा रविका समर्थकहरू बाहिर बाक्लो संख्यामा उपस्थित छन् । सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाकर्मीको बाक्लो तैनाथी छ । यसअघि पोखराको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख धरौटी मागेको थियो । गत बिहीबार उनी उक्त रकम तत्कालै बुझाएर रिहा भएका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७