ट्रम्प–किमको सुरक्षा दिइरहेका गोर्खालीको पीडाले के देश दुख्दैन ?

याे पनि पढ्नुहाेस्
गोर्खालाई आवासीय भिसाः ब्रिटिस ब्रम्हलुटको नयाँ ‘परियोजना’ फकल्यान्ड युद्धमा गोर्खाली गोर्खा सैनिकको सुरक्षामा ट्रम्प–किम सिङ्गापुरमा गोरखा सैनिकका छोरा गृहमन्त्रीयुद्धको समयमा चर्चा हुने गोर्खाहरु फेरि पनि एक चर्चामा छ । शक्तिको बलमा संसारलाई आफ्नो काबुमा राख्न उद्दत देश अमेरिकाका सनकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकालाई चुनौती दिइरहेका उत्तर कोरियाका नेता किम जोङ अनको सुरक्षाले गोर्खाहरु फेरि पनि चर्चित भएका हुन् । भोलि अर्थात् ११ जुन २०१८ मा सिङ्गापुरमा बहु–प्रतिक्षित शिखरवार्ताका लागि ट्रम र किम सिङ्गापुर पुगिसकेका छन् । उनीहरुको सुरक्षाको जिम्मा पाएको छ, सिङ्गापुर पुलिस अर्थात् गोर्खालीहरुको । सिङ्गापुरका कानून तथा आन्तरिक मामिला मन्त्री के. सान्मुगमले ट्रम्प र किमको सुरक्षार्थ विशेष दस्ताका रूपमा गोर्खा रहेको जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले ट्रम र किम शिखर वार्तासँगै गोर्खाहरुको बारेमा महत्वका साथ समाचार दिएको छ । बिबिसी, वासिङटन पोष्ट, डेलिमेल, टेलिग्राफ, एपी, रोयर्टसलगायतका अनेकौं अन्तर्राष्ट्रिय सञ्चार माध्यम तथा एजेन्सीहरुले गोर्खाहरुको बखान गरिरहेका छन् । को हुन् सिङ्गापुर गोर्खा ?
