सिरहामा प्रहरी हिरासतबाट थुनुवा फरार

सिरहा । सिरहाको प्रहरी हिरासतमा रहेका एक थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय, मिर्चैयाको नियन्त्रणमा रहेका अर्नमा गाउँपालिकाका असलम मन्सुरी बिहीबार बुलेकी फरार भएका हुन् ।
अभद्र व्यवहार मुद्दामा बिहीबार नै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । ‘उनको खोजी भइरहेको छ,’ मिर्चैयाका प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बाखुले भने, ‘विभिन्न स्थानमा प्रहरी परिचालन गरेर हामी खोजीमा जुटेका छौं ।’