हेटौंडामा बेवारिसे प्रेसरकुकरले स्थानीय त्रसित


२०८१ फाल्गुण २९ बिहीबार ००:५० बजे

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४, हुप्रचौरस्थित शितलमहल चोक नजिक सडकमा बेवारिसे अवस्थामा प्रेसरकुकर देखिएपछि स्थानीय त्रसित बनेका छन् ।

स्थानीय सिर्जना पौडेलको घर अगाडि सडक छेउको बिजुलीको पोलसँगै प्रेसर कुकुर फेला परेपछि खतरा हुन सक्ने भन्दै प्रहरीलाई खबर गरेकी छन् । जनपथ प्रहरी र सशस्त्र प्रहरीले घटनास्थललाई सुरक्षित राखेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् । प्रेसर कुकर बम रहेको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोललाई खबर गरिएको उनले जानकारी दिएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७