सशस्त्रद्वारा महिलामाथि दुर्व्यवहार, सार्वजनिक स्थलमै लछार–पछार


२०७५ मङ्सिर ७ शुक्रबार १४:३८ बजे

काठमाडौं, ७ मंसिर । गल्ती गरेको मान्छेलाई सजाय दिन देशमा पर्याप्त कानून बाटो हुँदाहुँदै वीरगञ्जमा एक महिलामाथि सशस्त्र प्रहरीले दुर्व्यवहार गरेको छ । 

सामान तस्करी गरेको आरोपमा सशस्त्र प्रहरीले महिलामाथि सार्वजनिक स्थलमै दुर्व्यवहार गरेको छ । घटनाको आलोचना भएपछि वीरगञ्जस्थित सशस्त्र प्रहरीले गल्ती स्वीकार गर्दै घटनामा संलग्नलाई कार्वाही गरिने बताएको छ ।

वीरगञ्ज भन्सार कार्यालयको सुरक्षा एवम् चोरी तस्करी नियन्त्रणका लागि खटिएका सशस्त्र प्रहरीले महिलाहरुलाई कपाल समातेर लछार–पछार गरेका थिए ।

घटनाको सार्वजनिक भएपछि सबैतिर आलोचना भएको छ । राजपा नेपालका महासचिव राजेशमान सिंहले सशस्त्र प्रहरीले निकृष्ट र अमानवीय कार्य गरेको भन्दै कार्वाही हुनुपर्ने माग गरेका छन् । ‘बर्दीको आडमा सर्वसाधारण महिलामाथि यसरी सार्वजनिक स्थलमै लछार–पछार गर्नु निकृष्ट कार्य भएको भन्दै दोषीमाथि तत्काल कार्बाही हुनुुपर्छ’, उनले भने ।

सशस्त्र प्रहरी बल वीरगञ्ज भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काले सशस्त्र प्रहरीबाट गल्ती भएको स्वीकार गरेका छन् ।

गल्ती गर्ने दुई जवानमाथि आवश्यक कार्बाही प्रक्रिया शुरु गरिएको उनले बताएका छन् । ‘शुरुमा पोके तस्करी गर्ने महिलाहरुसँग समान खोसाखोस भएको थियो, त्यसपछि उनीहरुले ढुंगामुढा गरेछन्’ उनले थपे, ‘त्यसपछि आक्रोशमा आएर गल्ती गरेछन् ।’

उनले दुवै जवानलाई आवश्यक कावाहीका लागि सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय चिनी मिल पर्सामा पठाई सकिएको बताए । त्यसक्रममा सशस्त्र प्रहरीले ५० हजार मूल्य बराबरको कपडा बरामद गरेको उनले बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७