चिकित्सक संघको ४ बूँदे निर्देशन, 'देशभर विरामीको उपचार रोकेर अनसन र धर्नामा बस्नू’
१) रेजिडेन्ट चिकित्सकहरुले संचालन गरेको बहिरंग र अन्तरंग सेवा बहिष्कार प्रति यस संघ ऐक्यबद्धता जाहेर गर्दछ ।
२) देशभरका चिकित्सकहरुले आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपिडी टिकट, रसिद, बील बहिष्कार गर्ने । विरामीको स्वास्थ्यलाई असर नपर्ने गरी बैकल्पिक उपायद्वारा ओपिडी सेवा संचालन गरिने छ ।
३) देशभरका चिकित्सक साथीहरुलाई आ–आफ्नो जिल्लामा रिलेअनसन, -याली, धर्ना लगायतका विरोधका कार्यक्रमहरु गर्र्दै नागरिक समाजसँग समन्वय गरी सशक्त विरोध गर्ने ।
४) काठमाडौं उपत्याकाको हकमा नेपाल चिकित्सक संघका पदाधिकारी सहित सम्पूर्ण चिकित्सकहरुलाई बसन्तपुर डबलीमा उपस्थित भई विहान १० बजेदेखि बेलुका ५ बजे सम्म अनसन बस्ने ।
यसैगरी ठूला सरकारी अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरु पनि विरामी नजाँच्ने भएका छन् । डा केसीको माग पुरा गर्न भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले आकस्मिक कक्ष र आइसियू कक्षमा रहेका विरामीबाहेक अरुलाई सेवा नदिने बताएका हुन् ।
त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुको संस्था नेशनल रेजिडेन्टस् डाक्टरर्स एशोसिएशन र बीर अस्पतालमा रहेको रेजिडेन्टस् डक्टर्स एशोसिएशन न्याम्सका चिकित्सकहरुले उपचार बन्द गर्ने निर्णय गरेका हुन् । उनीहरुले जारी विज्ञप्तीमा न्याम्स अन्तरगर्तका बीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूतिगृह, पाटन मानसिक अस्पताल, तिलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायतका आंगिक अस्पतालमा कार्यरत डाक्टरहरुले समेत सेवा छाड्ने उल्लेख छ ।
नेशनल रेजिडेन्टस् डाक्टरर्स एशोसिएशन र रेजिडेन्टस् डक्टर्स एशोसिएशन न्याम्सको विज्ञप्ती :-