मर्स्याङ्दीमा पानीको बहाव बढेपछि सतर्कता
माथिल्लो भेगमा रहेका हिमतालका कारण मर्स्याङ्दीमा खतरा रहेको कतिपयको बुझाइ छ । यद्यपि मनाङका कतिपय ठाउँमा अत्याधिक वर्षा र हिमालमा चर्को घामका कारण हिउँ पग्लेर पानीको बहाव बढेको अनुमान गरिएको छ । ‘केही दिनयता पानीको बहाव अत्याधिक भएको छ’, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले भने, ‘सम्भावित खतराबाट बच्नका लागि सतर्क रहन आग्रह गरेका छौँ ।’
स्थानीयवासीका अनुसार मर्स्याङ्दीमा पानीको बहाव अहिलेसम्मकै उच्च हो । पानीको बहावले सदरमुकाम चामेस्थित तातोपानी कुण्डको बाँध समेत भत्काई दिएको छ । मनाङका चामे, धारापानी र ताल तथा लमजुङका श्रीचौर, स्यागे, भुलभुले, खुदीलगायत बस्ती नदी नजीकै भएकाले सम्भावित जोखिम मानिएको छ । सम्भावित जोखिमबाट बच्न दुवै जिल्लाका प्रशासन कार्यालयले विभिन्न संयन्त्रको प्रयोग गरी सतर्क रहन स्थानीयवासीलाई आग्रह गरेका छन् । .gif)

.png)

