भारतले ५६ अर्ब अनुदान, १ खर्ब ८४ अर्ब ऋण दिने
काठमाडौं : भारतले नेपाललाई घोषणा गरेको २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोगमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध गराउने भएको छ ।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा सोमबार भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्यमा सहयोगको बाँडफाँटबारे जानकारी दिइएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा घोषणा गरेको सहयोग प्याकेजमध्ये भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि ३५ अर्ब भारतीय रुपैयाँ अर्थात् ५६ अर्ब नेपाली रुपैयाँ अनुदान छुट्याइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै, बाँकी १ खर्ब १५ अर्ब भारतीय रुपैयाँ अर्थात् १ खर्ब ८४ अर्ब नेपाली रुपैयाँ सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) अन्तर्गत उपलब्ध गराइनेछ ।
नेपालले भारतसँग १ खर्ब भारतीय रुपैयाँ अनुदान र थप १ खर्ब भारतीय रुपैयाँ ऋण सहयोग उपलब्ध गराउन अनुरोध गरेको थियो । भारतले भने कुल १ खर्ब ५० अर्ब भारतीय रुपैयाँ बराबरको सहयोग घोषणा गरेको हो ।
यसअनुसार घोषित सहयोगको ठूलो हिस्सा ऋणका रूपमा रहनेछ भने भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि अनुदान उपलब्ध गराइनेछ ।
.gif)

.png)




