निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो दलहरूलाई
काठमाडौं : स्थानीय तहको निर्वाचन मितिबारे छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बोलाएको छ ।
आयोगले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका दलहरूलाई आगामी मंसिर ४ गते छलफलका लागि आमन्त्रण गरेको निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेले जानकारी दिए ।
प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गरेका रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ६ दल छन् । तर प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता नपाएका जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा पनि राष्ट्रिय दल हुन् ।
स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा सकिँदैछ । त्यसअघि नै निर्वाचन गराउने तयारीस्वरूप आयोगले दलहरूसँग छलफल गर्न लागेको हो ।
निर्वाचन आयोगले मंसिर ४ गते स्थानीय तहको निर्वाचन मितिबारे छलफल गर्न दलहरूलाई बोलाएको जानकारी नेपाली कांग्रेसका सभापति गगन थापाले पनि दिएका छन् ।
छठ पर्व मनाउन सर्लाही पुगेका थापाले स्थानीय नेता तथा कार्यकर्तासँगको भेटमा आयोगले छलफलका लागि आमन्त्रण गरेको बताएका हुन् ।
.gif)

.png)




