देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते पोखरामा


२०८३ कार्तिक २८ शनिबार ०९:५४ बजे

पोखरा : नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ ।

अधिवेशन आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलनमार्फत मिति र कार्यक्रम तालिका सार्वजनिक गरेको हो ।

आयोजकका अनुसार अधिवेशनको उद्घाटन मंसिर ५ गते पोखरा सभागृहमा हुनेछ । उद्घाटन समारोहलाई कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।

अधिवेशनको बन्दसत्र र निर्वाचन प्रक्रिया भने मंसिर ६ गते पोखरा महानगरपालिका–९, बाँस्तोलाथरस्थित सिल्भर पार्टी प्यालेसमा सञ्चालन हुनेछ ।

गण्डकी प्रदेश कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि हुने अधिवेशनमा एक हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने अधिवेशन मूल समारोह समिति संयोजक मेखलाल श्रेष्ठले जानकारी दिए ।

अधिवेशनमा ३६ प्रदेशसभा निर्वाचन क्षेत्रबाट २१ जनाका दरले ७ सय ५६ प्रदेश प्रतिनिधि सहभागी हुनेछन् ।

त्यस्तै, १८ संघीय निर्वाचन क्षेत्रबाट ३५ जनाका दरले ६ सय ३० केन्द्रीय महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।

यसका अतिरिक्त ३६ प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति, १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सभापति, गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका पार्टी सभापति तथा सभापतिबाट मनोनीत ४० जना प्रदेश प्रतिनिधिको पनि सहभागिता रहनेछ ।

विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि तथा प्रदेश र संघीय सांसदसमेत अधिवेशनमा सहभागी हुने आयोजकले जनाएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये हालसम्म पाँच जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ ।

कास्कीमा ऋषिराम काफ्ले, पर्वतमा यमबहादुर मल्ल (रामकृष्ण), स्याङ्जामा इन्द्र गोदार, म्याग्दीमा हिराबहादुर पुन र मनाङमा गीता गुरुङको नेतृत्वमा जिल्ला कार्यसमिति निर्विरोध चयन भएको नेता गुरु बरालले जानकारी दिए ।

बाँकी जिल्लाको अधिवेशन पनि प्रदेश अधिवेशनअघि नै सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको आयोजकले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७