आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिद–बिक्री हुँदैछ ?
काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०६ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा कायम भएको छ ।
यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १७९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८० रुपैयाँ ५० पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ २७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको १०५ रुपैयाँ ५४ पैसा र १०५ रुपैयाँ ९६ पैसा तथा सिङ्गापुर डलर एकको ११६ रुपैयाँ ९२ पैसा र ११७ रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ ।
त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा कायम भएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २६ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ २९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा तोकिएको छ ।
केन्द्रीय बैंकले थाई भाट एकको खरिददर चार रुपैयाँ ४५ पैसा र बिक्रीदर चार रुपैयाँ ४६ पैसा, यूएई दिराम एकको ४० रुपैयाँ ९८ पैसा र ४१ रुपैयाँ १४ पैसा तथा मलेसियन रिङ्गेट एकको ३६ रुपैयाँ ८२ पैसा र ३६ रुपैयाँ ९६ पैसा निर्धारण गरेको छ ।
दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २६ पैसा र बिक्रीदर ११ रुपैयाँ ३१ पैसा रहेको छ । स्वीडिस क्रोनर एकको १५ रुपैयाँ ०१ पैसा र १५ रुपैयाँ ०७ पैसा तथा डेनिस क्रोनर एकको २२ रुपैयाँ २६ पैसा र २२ रुपैयाँ ३५ पैसा कायम भएको छ ।
यस्तै, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा, कुवेती दिनार एकको ४८७ रुपैयाँ ६५ पैसा र ४८९ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।
बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ४०० रुपैयाँ ६१ पैसा तथा ओमनी रियाल एकको खरिददर ३९० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ४३ पैसा तोकिएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने स्पष्ट पारेको छ ।
वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्नेछन् । अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
.gif)

.png)




