अमेरिकी डलरको मूल्य स्थिर, विदेशी मुद्राको विनिमयदर सार्वजनिक
काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको खरिद मूल्य १५१ रुपैयाँ ६३ पैसा र बिक्री मूल्य १५२ रुपैयाँ २३ पैसा कायम गरिएको छ ।
यस्तै, युरोपियन युरोको खरिददर १६९ रुपैयाँ २२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८९ पैसा तोकिएको छ । बेलायती पाउण्ड स्टर्लिङको खरिददर २०३ रुपैयाँ ७ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८७ पैसा रहेको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६१ रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा विनिमयदर संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने राष्ट्र बैंकले सार्वजनिक गरेको दरभन्दा फरक हुन सक्नेछ ।
हेर्नूहोस् विस्तृत विवरणः

.gif)

.png)




