नवनिर्वाचित प्रदेशसभा सदस्य नाजिमा खातुनद्वारा शपथ ग्रहण
जनकपुरधाम । मधेस प्रदेशसभा सदस्यमा नवनिर्वाचित नाजिमा खातुनले पद तथा गोपनीयताको शपथ लिएकी छन्।
मधेस प्रदेशका सभामुख रामअशिष यादवले बुधबार प्रदेशसभा सचिवालयमा आयोजित समारोहमा खातुनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
खातुन नेकपा (एमाले)का तर्फबाट रिक्त रहेको समानुपातिक प्रदेशसभा सदस्य पदमा निर्वाचित भएकी हुन्। शपथ ग्रहण समारोहमा एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशसभा सचिवालयका सभा सचिव वासुप्रसाद कोइरालालगायतको उपस्थिति रहेको थियो।
.gif)

.png)




