भाइटीकाका दिन सशस्त्र प्रहरीको निःशुल्क बस सेवा : झण्डै २ हजार ५०० लाभान्वित
काठमाडौं । भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २ हजार ४८६ यात्रु लाभान्वित भएका छन् ।
सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएकाले सर्वसाधारणको सहज आवतजावतका लागि सशस्त्र प्रहरीले काठमाडौं उपत्यका र भक्तपुरमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बुधबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गरिएको सेवाबाट काठमाडौं रिङरोड क्षेत्रमा १ हजार ७६६ र भक्तपुर रुटमा ७२० यात्रुले निःशुल्क यात्रा गरेका छन् ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट सञ्चालन गरिएका दुई बसले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सेवा दिएका थिए । एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै यात्रुलाई सेवा दिएको थियो ।
अर्को बसले सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै विभिन्न स्थानमा सेवा दिएको थियो ।
त्यस्तै, प्रधान कार्यालय स्वयम्भूदेखि भक्तपुरसम्म सञ्चालन गरिएको बसले स्वयम्भू, कलङ्की, बानेश्वर, कोटेश्वर, पेप्सीकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनः बानेश्वर, कलङ्की र स्वयम्भूसम्म सेवा दिएको थियो ।
चाडपर्वका समयमा सार्वजनिक यातायातको अभावमा नागरिकले भोग्नुपर्ने समस्या न्यूनीकरण गर्दै सहज यात्राको सुविधा उपलब्ध गराउने उद्देश्यले सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सञ्चालन गरेको सहप्रवक्ता थापाले जानकारी दिए ।
.gif)

.png)