बालगृहका बालबालिकाले सामूहिक रूपमा मनाए भाइटीका


२०८३ कार्तिक २५ बुधबार १८:५६ बजे

म्याग्दी । यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन भाइटीकाको अवसरमा म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका मनाएका छन्।

नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एकअर्कालाई सप्तरङ्गी टीका र माला लगाइदिएर तिहार मनाएका हुन्। बालबालिकालाई तिहारका बेला अभिभावक तथा दाजुभाइ दिदीबहिनीको अभाव महसुस हुन नदिन सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको नेपाल बाल सङ्गठन म्याग्दीका सभापति राजेश शाक्यले जानकारी दिए।

उनका अनुसार बालगृहमा हाल नौ जना बालबालिका आश्रित छन्। अभिभावकविहीन बालबालिकालाई आश्रय प्रदान गर्नुका साथै उनीहरूको माध्यमिक तहसम्मको शिक्षाको व्यवस्था पनि सङ्गठनले गर्दै आएको छ। सभापति शाक्यले व्यक्तिगत रूपमा पूजासामग्री, मिठाई तथा अन्य परिकारको व्यवस्था गरेर बालबालिकासँग भाइटीका मनाएका हुन्।

बालगृहमा विगत चार वर्षदेखि हरेक तिहारमा यसरी नै सामूहिक भाइटीका कार्यक्रम आयोजना हुँदै आएको छ। सामूहिक रूपमा टीका र माला लगाएर तिहार मनाउँदा बालबालिकामा आपसी आत्मीयता, सद्भाव र पारिवारिक अपनत्वको भावना विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७