पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन


२०८३ कार्तिक २५ बुधबार १८:४२ बजे

पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्ष २०८३र८४ को असोज मसान्तसम्म लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन गरेको छ।

कार्यालयले असोज मसान्तसम्म रु. एक अर्ब ५१ करोड २७ लाख ७६ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा रु। एक अर्ब ७१ करोड ५७ लाख ९८ हजार संकलन गर्न सफल भएको हो।

कार्यालयका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाका अनुसार लक्ष्यभन्दा रु। २० करोड ३० लाख २२ हजार बढी राजस्व संकलन भएको हो। यो निर्धारित लक्ष्यको ११३ प्रतिशत प्रगति हो।

कार्यालयले आयकरतर्फ सबैभन्दा राम्रो प्रगति हासिल गरेको छ। आयकरमा रु। ७९ करोड ४४ लाख ८३ हजार संकलन गर्ने लक्ष्य रहेकामा रु। एक अर्ब आठ करोड ८३ लाख २२ हजार संकलन भएको प्रमुख कर अधिकृत ढुंगानाले जानकारी दिए।

त्यस्तै, घरबहाल करतर्फ रु। एक करोड ८१ लाख ९१ हजार लक्ष्य राखिएकामा रु। एक करोड ३१ लाख ३८ हजार अर्थात् ७२ प्रतिशत मात्र संकलन भएको छ। ब्याज करतर्फ रु। नौ करोड ८८ लाख ८२ हजार उठाउने लक्ष्य रहेकामा रु। चार करोड ८७ लाख १५ हजार अर्थात् ४९ प्रतिशत मात्र संकलन भएको छ।

मूल्य अभिवृद्धि कर ९मूअकर० संकलनमा पनि कार्यालय लक्ष्यभन्दा पछाडि रहेको छ। यस शीर्षकमा रु। ५३ करोड ३२ लाख ९९ हजार संकलन गर्ने लक्ष्य रहेकामा १५ प्रतिशत कम राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

यता, अन्तःशुल्क र अन्य कर संकलनमा भने उल्लेखनीय प्रगति भएको छ। अन्तःशुल्कतर्फ रु। छ करोड १७ लाख ४५ हजार लक्ष्य रहेकामा ४३ प्रतिशत बढी अर्थात् रु। आठ करोड ८३ लाख २२ हजार संकलन भएको छ।

त्यसैगरी, अन्य करतर्फ रु. ६१ लाख ७६ हजार लक्ष्य राखिएकामा रु। दुई करोड ३७ लाख छ हजार संकलन भएको छ।

प्रमुख कर अधिकृत ढुंगानाले नेपाल सरकारले उपलब्ध गराएका कर छुट सुविधा तथा करदाता प्रोत्साहनलगायत कार्यक्रमका कारण लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको बताए।

आयकर, अन्तःशुल्क तथा अन्य करमा भएको उत्साहजनक संकलनले समग्र राजस्व लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याएको कार्यालयले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७