आईजीपी कार्कीलाई हटाउन पार्टीबाटै निर्देशन आएको थियो : मन्त्री पोखरेल


२०८३ कार्तिक १८ बुधबार १५:०२ बजे
फाइल फोटो

काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाटै निर्देशन आएको सरकारले खुलासा गरेको छ ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बदलिँदो परिस्थितिमा आईजीपी कार्कीको जिम्मेवारी परिवर्तन गर्न पार्टीबाट निर्देशन आएको बताएका हुन् ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले संवेदनशील विषयमा सरकारले निर्णय लिनुपर्ने भन्दै पार्टीबाट निर्देशन आएको खुलाएका हुन् ।

‘धेरै ठाउँबाट अहिले बदलिँदो परिस्थिति छ । संवेदनशील विषयमा सरकारले केही गर्नुपर्‍यो भन्ने पार्टीबाट निर्देशन आएको थियो,’ उनले भने ।

उनले कार्कीलाई पदबाट हटाउनु कारबाही नभई जिम्मेवारी परिवर्तन मात्रै भएको दाबी गरे । प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी सल्लाह र सुझाव दिने जिम्मेवारी पनि उत्तिकै संवेदनशील रहेको उनको भनाइ थियो ।

‘उहाँलाई कारबाही गरिएको होइन, उहाँको जिम्मेवारी फेरबदल भएको हो । उहाँलाई सुरक्षा सल्लाहकार पदमा प्रधानमन्त्री कार्यालयमा ल्याइएको हो । कारबाही भएकै छैन । अब उहाँको भूमिका प्रधानमन्त्रीलाई सल्लाह सुझाव दिने हो,’ पोखरेलले भने ।

यसअघि मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने र एआईजी डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७