सरकारी कार्यालय अब बिहान ९ देखि दिउँसो ४ बजेसम्म मात्रै खुल्ने


२०८३ कार्तिक १५ आइतबार १४:१३ बजे
फाइल फोटो

काठमाडौं : सरकारी कार्यालयमा सेवा लिने सेवाग्राहीले अब एक घण्टा कम समय पाउने भएका छन् । जाडोयाम सुरु भएसँगै सरकारले कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको दैनिक सञ्चालन समय एक घण्टा घटाउने भएको हो ।

सरकारले सार्वजनिक गरेको नयाँ समयतालिकाअनुसार अब सरकारी कार्यालय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सञ्चालन हुनेछन् । यसअघि कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुल्दै आएका थिए ।

गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै जाडोयामका लागि कार्यालय समय निर्धारण गरेको हो । नयाँ समयतालिका कात्तिक १६ गतेदेखि लागू भएर आगामी माघ १५ गतेसम्म कायम रहनेछ ।

मन्त्रालयका अनुसार शैक्षिक संस्था तथा सार्वजनिक निकायबाहेकका अन्य सरकारी कार्यालयमा यो व्यवस्था लागू हुनेछ ।

जाडोयाममा दिन छोटो हुने भएकाले सरकारी सेवा प्रवाहको समय समायोजन गरिएको मन्त्रालयले जनाएको छ । नयाँ व्यवस्थासँगै सेवाग्राहीले सरकारी कार्यालयबाट दैनिक बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सेवा लिन सक्नेछन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७