सरकारी कार्यालय अपरान्ह ४ बजे बन्द हुने


२०८२ कार्तिक १७ सोमबार ०९:२१ बजे

काठमाडौं : सरकारी कार्यालयको समय एक घण्टा छोटिएको छ ।

अबदेखि अपरान्ह ४ बजेपछि कार्यालय बन्द हुने छ ।

हिजो (कात्तिक १५) सम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म थियो ।

शुक्रबार भने सबै महिना दिउँसो ३ बजेसम्म कार्यालय खुल्छ ।

जाडो मौसममा दिन छोटो, रात लामो हुने भएकाले सकारले हरेक वर्ष कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय एक घण्टा छोटो तोक्ने गरेको छ ।

माघ १६ देखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ५ तोकिएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७