दोलखाबाट रास्वपाका जगदीश खरेल विजयी
काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दोलखा निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार जगदीश खरेल विजयी भएका छन् ।
आइतबार (फागुन २४) बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार खरेलले ३२ हजार ३७३ मत प्राप्त गरे।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार पार्वत गुरुङले १७ हजार ४४९ मत ल्याए। तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार विशाल खड्काले १३ हजार ६४ मत पाए ।
नेपाली कांग्रेसका उमेदवार अजयबाबु शिवाकोटी १२ हजार २९८ मतसहित चौथो स्थानमा रहेको छ ।
.gif)

.png)



