यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

डलर १५३ रुपैयाँ ६४ पैसा


२०८३ असोज १५ बिहीबार ०७:१२ बजे
फाइल फोटो

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। 

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५६ पैसा तथा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०७ पैसा तोकिएको छ।

स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८४ रुपैयाँ ३५ पैसा कायम गरिएको छ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ७० पैसा र बिक्रीदर १०७ रुपैयाँ १२ पैसा, क्यानेडियन डलरको १०७ रुपैयाँ ९३ पैसा र १०८ रुपैयाँ ३५ पैसा तथा सिङ्गापुर डलरको ११९ रुपैयाँ ८८ पैसा र १२० रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा रहेको छ।

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७६ पैसा र बिक्रीदर ४० रुपैयाँ ९२ पैसा तथा कतारी रियालको ४१ रुपैयाँ ९९ पैसा र ४२ रुपैयाँ १५ पैसा कायम गरिएको छ।

थाई भाट एकको खरिददर ४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४ रुपैयाँ ५८ पैसा, युएई दिरामको ४१ रुपैयाँ ६७ पैसा र ४१ रुपैयाँ ८३ पैसा तथा मलेसियन रिङ्गेटको ३७ रुपैयाँ ५३ पैसा र ३७ रुपैयाँ ६८ पैसा तोकिएको छ।

त्यसैगरी १०० दक्षिण कोरियन वनको खरिददर ११ रुपैयाँ ३० पैसा र बिक्रीदर ११ रुपैयाँ ३४ पैसा कायम छ। स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५ रुपैयाँ ४० पैसा तथा डेनिस क्रोनरको २३ रुपैयाँ २६ पैसा र २३ रुपैयाँ ३५ पैसा रहेको छ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, कुवेती दिनारको ४९७ रुपैयाँ १३ पैसा र ४९९ रुपैयाँ ०७ पैसा तथा बहराइन दिनारको ४०५ रुपैयाँ ९४ पैसा र ४०७ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ।

ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ०७ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। 

वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७