कृष्णभिरमा फेरि पहिरो, एकतर्फी यातायात सञ्चालन


२०८३ असोज ८ बिहीबार ०७:५१ बजे
फाइल फोटो

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ।

शुक्रबार बिहान करिब साढे ५ बजे लेदोसहितको पहिरो खसेपछि राजमार्गको दुवैतर्फको आवागमन प्रभावित भएको हो। पहिरोका कारण हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको धादिङ प्रहरीले जनाएको छ।

लगातार पानी परिरहेकाले पहिरोसँगै सडकमा थुप्रिएको लेदो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ। वर्षा नरोकिए थप लेदो तथा पहिरो खस्न सक्ने जोखिमसमेत रहेको छ।

यसअघि भदौ १० र १४ गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको ठूलो बाढीले कृष्णभिर क्षेत्रमा सडक कटान गरेपछि पृथ्वी राजमार्ग १८ दिनसम्म अवरुद्ध भएको थियो।

बाढीपछि क्षतिग्रस्त सडक सञ्चालनमा आए पनि वर्षासँगै पुनः पहिरो खसेपछि सो क्षेत्रमा यातायात सञ्चालनमा चुनौती थपिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७