एन्फाका कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति


२०८३ असोज ४ आइतबार १८:०६ बजे

काठमाडौं : जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा)का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले जानकारी दिए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार एन्फा मुख्यालयमा छापा मारेर जोशी र पाण्डेलाई पक्राउ गरेको थियो। सीआईबीले एन्फामा भएको आर्थिक कारोबार तथा अनियमिततासम्बन्धी विषयमा अनुसन्धान गरिरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७