सिन्धुलीमा छोरीलाई बचाउन पोखरीमा पसेकी आमाको पनि मृत्यु
सिन्धुली : सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि बनाइएको पानी पोखरीमा डुबेर आमा–छोरीको मृत्यु भएको छ।
दशैं मनाउन माइती आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी छोरीको बिहीबार डुबेर मृत्यु भएको हो।
प्रहरीका अनुसार बिहीबार दिउँसो करिब २ बजे आमा–छोरी उक्त पोखरीमा नुहाइरहेका थिए। सोही क्रममा बालिका खेल्ने क्रममा पोखरीमा डुब्न पुगेकी थिइन्।
छोरी पोखरीमा डुबेको खबर उनीहरूसँगै रहेका साथीले दिएपछि उनलाई बचाउन सतीदेवी पोखरीमा पसेकी थिइन्। तर, छोरीलाई बचाउने प्रयासमा उनी आफैँ पनि डुबिन्। घटनामा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।
दसैं मनाउन माइती आएकी सतीदेवी र उनकी छोरीको एकैसाथ मृत्यु भएपछि परिवारजन र स्थानीयवासी शोकमा परेका छन्। घटनाले गाउँ नै स्तब्ध बनेको छ।
क्रसर उद्योगका लागि प्रयोग हुँदै आएको पोखरीमा भएको उक्त घटनाबारे सिन्धुली प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीले घटनाको परिस्थितिबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
.gif)

.png)



