विरोध गर्ने नयाँ तरिका : एन्फालाई मेडल उपहार


२०८२ कार्तिक २० बिहीबार १४:०६ बजे

ललितपुर : अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो सिजन ए डिभिजन लिग नगरी राष्ट्रिय लिगमात्र आयोजना गर्ने निर्णय गरेपछि खेलाडीहरू असन्तुष्ट बनेका छन् । बिहीबार नेपाल फुटबल खेलाडी संघको आव्हानमा उनीहरू सातदोबाटोस्थित एन्फा मुख्यालय अगाडि धर्नामा बसेका छन् ।

विरोध स्वरूप खेलाडीहरूले विगतमा जितेका मेडलहरू एन्फालाई उपहारको रूपमा फिर्ता गरेका छन् । ती मेडलहरू एन्फाको मुख्य गेटमै झुन्ड्याइएका छन् । नियमित लिग नहुँदा फुटबलरहरूको करिअर अनिश्चित बन्दै गएको हुँदा विरोध गरिएको उनीहरूले जनाएका छन् ।

यसअघि सोमबार एन्फा सचिवालय र १४ क्लबका प्रतिनिधिहरूबिच बैठक बसी यो वर्ष राष्ट्रिय लिग गर्ने र अर्को वर्षदेखि मात्र होम एन्ड अबे प्रणालीमा ए डिभिजन लिग सञ्चालन गर्ने सहमति गरेकोी थियो ।

यस वर्ष तीन वर्षअघि भएको ए डिभिजन लिगका शीर्ष ६ टोली र हेटौँडामा जारी एन्फा प्रेसिडेन्ट लिगका सेमिफाइनलिस्ट ४ टोली गरी १० टोलीबीच राष्ट्रिय लिग खेलाइने योजना छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७