रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन सहभागी जाने

स्वास्थ्यका कारण प्रचण्ड नजाने


२०८३ असार ६ शनिबार ११:४५ बजे

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा आइतबारदेखि सुरु हुन लागेको प्रथम महाधिवेशनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट नेता वर्षमान पुन सहभागी हुने भएका छन्। रास्वपाले महाधिवेशनको उद्घाटन समारोहका लागि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई औपचारिक निम्ता दिएको थियो।

यद्यपि, स्वास्थ्यमा देखिएको समस्याका कारण प्रचण्ड महाधिवेशनमा सहभागी हुन नसक्ने भएका छन्। संयोजक प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार, हालै अस्पताल भर्ना भई डिस्चार्ज भएका प्रचण्डको स्वास्थ्य पूर्ण रूपमा सुधार भइनसकेको र चिकित्सकहरूले केही दिन आराम गर्न सल्लाह दिएकाले उनको सहभागिता नहुने भएको हो। यसअघि उनी सहभागी हुने निश्चितजस्तै भए पनि स्वास्थ्यमा असहजता महसुस भएपछि र चितवनको गर्मीलाई मध्यनजर गर्दै भ्रमण रद्द गरिएको हो।

महाधिवेशनमा अन्य दलहरूको सहभागिता पनि निश्चित भएको छ। नेकपाका तर्फबाट नेता वर्षमान पुनलाई जिम्मेवारी दिइएको छ भने नेकपा (एमाले) ले महाधिवेशनमा केन्द्रीय सदस्य प्रदीप ज्ञवालीलाई पठाउने निर्णय गरेको छ। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन स्वयंले उद्घाटन समारोहमा सहभागिता जनाउने तय भएको छ। यता, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भने आफू सहभागी नहुने स्पष्ट पारिसकेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७