५ वटा निर्माण व्यवसायी कम्पनी कालोसूचीमा
ठेक्का प्रक्रियामा सहभागी हुन रोक
काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले शुक्रबार सूचना जारी गर्दै विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा ती निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको हो।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी उनीहरूलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ। कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा सहभागी हुन पाउने छैनन्। सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्बन्धित सबै सार्वजनिक निकायलाई कालोसूचीमा रहेका व्यवसायी तथा आपूर्तिकर्तालाई खरिद प्रक्रियामा सहभागी नगराउनसमेत सूचनामार्फत जानकारी गराएको छ।
हेर्नूहोस् सूचनाः

.gif)

.png)

