माथिल्लो त्रिशूली–१ मा थप ५ शव भेटिए


२०८३ असोज १ बिहीबार ००:०३ बजे

काठमाडाैं :   बाढीपछि खोजी तथा उद्धार कार्य जारी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरूङबाट थप पाँच शव फेला परेका छन्। यससँगै आयोजनास्थलबाट फेला परेका शवको संख्या १५ पुगेको छ।

बुधबार गरिएको खोजीका क्रममा अडिट–३ सुरूङबाट अपस्ट्रिमतर्फ मेसिनरी उपकरणको प्रयोग गरी जमेको लेदो हटाउँदै अघि बढ्ने क्रममा पाँच वटा शव फेला परेको आयोजनाले जनाएको छ।

आयोजनास्थलको क्याम्पसाइट क्षेत्रमा पनि उत्खनन गरी साना मेसिनरी उपकरणको सहायताले खोजी कार्यलाई निरन्तरता दिइएको छ। बाढीका कारण सुरूङ तथा आयोजनास्थलमा ठूलो मात्रामा लेदो र माटो जमेकाले खोजी कार्य चुनौतीपूर्ण बनेको जनाइएको छ।

इप्पानका अनुसार बाढी आउनुअघि आयोजनास्थलमा १ हजार ४३३ जना कार्यरत थिए। तीमध्ये हालसम्म ८७८ जना सम्पर्कमा आएका तथा उद्धार गरिएका छन्। बाँकी व्यक्तिहरूको अवस्था यकिन गर्न आयोजनास्थलका विभिन्न क्षेत्रमा खोजी कार्य जारी रहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७