श्रीमानका पोस्ट र अडियोप्रति नायिका बिपना थापाले जनाइन् आपत्ति

परिवार लामो समयदेखि प्रभावित


२०८३ भदौ २६ शुक्रबार ०७:२९ बजे

काठमाडौं : अभिनेत्री बिपना थापाले आफ्ना श्रीमान् आशुतोष भरद्वाजले सामाजिक सञ्जालमा प्रयोग गर्दै आएका अभद्र तथा अश्लील भाषाप्रति गम्भीर आपत्ति जनाएकी छन्। फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै थापाले पछिल्लो समय आशुतोषका पोस्ट तथा सार्वजनिक भएको एक अडियोले अभद्रताको सीमा पार गरेको बताएकी छन्। 

यस्ता अभिव्यक्तिबाट आफू र आफ्नो परिवार लामो समयदेखि प्रभावित हुँदै आएको उनको भनाइ छ। थापाका अनुसार आशुतोषले पछिल्ला अभिव्यक्तिमा आफूलाई मात्र नभई सुख–दुःखमा साथ दिने तथा आवश्यक पर्दा सहयोग गर्ने व्यक्तिहरूमाथि समेत आपत्तिजनक टिप्पणी गरेका छन्। सामाजिक सञ्जालका पोस्ट तथा अभिव्यक्तिमा आफू, आफ्नो बच्चा र परिवारका अन्य सदस्यलाई समेत पटक–पटक जोडिएको उनले उल्लेख गरेकी छन्।

धेरै कुरा चुपचाप सहँदै अवस्था सुधारिने अपेक्षा गरे पनि पछिल्लो घटनाले सीमा नाघेको थापाले बताएकी छन्। उनले आशुतोषले सामाजिक सञ्जालमा लेखेका वा बोलेका कुनै पनि आपत्तिजनक विषयसँग आफ्नो वा परिवारको सम्बन्ध नरहेको र त्यस्ता अभिव्यक्तिको आफूहरूले कुनै पनि रूपमा समर्थन नगर्ने स्पष्ट पारेकी छन्। थापाले आशुतोषको अवस्थालाई गम्भीर रूपमा लिँदै उपचार तथा पुनर्स्थापनाका लागि आवश्यक कदम चालिएको समेत जानकारी दिएकी छन्। उनी सामान्य जीवनमा फर्किन सकून् भन्ने प्रयास भइरहेको उनको भनाइ छ। 

आशुतोषका अभिव्यक्तिबाट दुःखी तथा आहत भएका व्यक्तिहरूसँग थापाले माफी माग्दै विवादास्पद पोस्ट, अडियो तथा स्क्रिनसट थप शेयर नगर्न आग्रह गरेकी छन्। यस्ता सामग्रीको प्रसारले समस्या झन् बढाउने भन्दै उनले आफ्नो परिवारको अवस्था बुझिदिन र गोपनीयताको सम्मान गरिदिन अनुरोध गरेकी छन्। बिपना थापाले भारतीय नागरिक आशुतोष भरद्वाजसँग प्रेम विवाह गरेकी हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७