अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रियो

आईसीयूमा राख्न चिकित्सकको सुझाव


२०८३ श्रावण ९ शनिबार ११:४३ बजे

धनगढी :  कैलालीको धनगढीमा अनशनरत वरिष्ठ चिकित्सक तथा अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। बिहीबारदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा आमरण अनशनमा बसेका डा. केसीको स्वास्थ्य परीक्षणपछि चिकित्सकले तत्काल आईसीयूमा भर्ना गर्न सुझाव दिएका छन्।

सेती प्रादेशिक अस्पतालका चिकित्सकले गरेको स्वास्थ्य परीक्षणमा डा. केसीको रक्तचाप ११०/९० मापन भएको छ भने रगतमा सुगरको मात्रा ५० पुगेको पाइएको छ। चिकित्सकका अनुसार लामो समयदेखि भोजन नलिएका कारण स्वास्थ्यमा थप जटिलता आउन सक्ने जोखिम रहेको छ।

उता, डा. केसी अनशन बसेको स्थान बाहिर भने विरोध प्रदर्शन जारी छ। दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको नियुक्ति खारेज हुनुपर्ने मागसहित डा. केसी अनशनमा बसेको भन्दै संघर्ष समितिले ‘गोविन्द केसी गो ब्याक’ लगायतका नाराबाजी गर्दै प्रदर्शन गरिरहेको छ।

प्रदर्शनका कारण सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै कृष्ण मन्दिर धर्मशाला परिसरमा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। अहिले अनशनस्थलमा समर्थक र विरोधी दुवै पक्षको उपस्थिति देखिएको

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७