दुर्गेश थापा र प्रियंका कार्कीको गीतमा प्रतिबन्ध लगाउन माग गर्दै सञ्चार मन्त्रालयमा उजुरी
काठमाडौं, १ साउन – चलचित्र 'मास्टर्नी' को प्रचार प्रसारका लागि सार्वजनिक गरिएको 'ताराबाजी लैलै' बोलको गीतले शिक्षण पेसाको अपमान गरेको भन्दै सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी परेको छ।
तनहुँको व्यास नगरपालिका–११ स्थित बाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबाबु भट्टराईले शुक्रबार मन्त्रालयमा लिखित निवेदन दिँदै उक्त गीतमाथि प्रतिबन्ध लगाउन माग गरेका छन्।
निवेदक भट्टराईले चलचित्रका मुख्य कलाकार दुर्गेश थापा र प्रियंका कार्की अभिनित उक्त गीतमा प्रयोग गरिएका शब्दहरू अमर्यादित र संस्कृति भड्काउने खालको रहेको उल्लेख गरेका छन्। गीतले समग्र शिक्षक समुदाय, विशेषगरी महिला शिक्षकहरूको सम्मानमा ठेस पुर्याएको र शिक्षण पेसाको गरिमा घटाउने प्रयास गरेको भन्दै उनले गम्भीर आपत्ति जनाएका छन्।
पेसागत मर्यादा र सामाजिक प्रतिष्ठामा खलल पुर्याउने यस्ता सामग्रीमाथि तत्काल छानबिन गरी रोक लगाउन उनले सम्बन्धित निकायसँग माग गरेका छन्।
.gif)

.png)

