विशेष अदालतको अध्यक्षमा आचार्य सिफारिस

उच्च र जिल्ला अदालतका २०७ न्यायाधीशको सरुवा


२०८३ असार ३२ बिहीबार १८:३१ बजे

काठमाडौं : न्याय परिषद्को बिहीबार (असार ३२, २०८३) बसेको बैठकले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशहरूको व्यापक सरुवा गरेको छ। यस निर्णयसँगै परिषद्ले विभिन्न विशेष निकायमा समेत नयाँ अध्यक्ष तोक्न नेपाल सरकारलाई सिफारिस तथा परामर्श दिएको छ।

परिषद्को निर्णयअनुसार विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई तोक्नका लागि सरकारलाई परामर्श दिइएको छ, जहाँ यसअघि सुदर्शनदेव भट्ट कार्यरत थिए। त्यसैगरी, श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्न परिषद्ले सिफारिस गरेको छ।

साथै, राजस्व न्यायाधीकरणतर्फ काठमाडौँमा उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द, पोखरामा उच्च अदालत पोखराकी न्यायाधीश अन्जु उप्रेती ढकाल र विराटनगरमा उच्च अदालत विराटनगरका न्यायाधीश दिपेन्द्रबहादुर बमलाई अध्यक्ष एवं कानुन सदस्यका रूपमा तोक्नका लागि परिषद्ले नेपाल सरकारलाई परामर्श दिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७