आर्थिक वर्षको अन्त्यमा सर्भर डाउन हुँदा यातायात कार्यालयहरूको सेवा प्रभावित


२०८३ असार ३० मंगलबार १५:२० बजे

काठमाडौं :  यातायात सर्भर लगातार दोस्रो दिन पनि अवरुद्ध भएको छ । जसले गर्दा देशैभरि लाइसेन्स र यातायात सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको छ । यातायात व्यवस्था विभागले आर्थिक वर्षको अन्तिममा सर्भरमा अत्यधिक चाप बढ्दा सेवा अवरुद्ध भएको दाबी गरेको छ । यातायात कार्यालयहरूका अनुसार आज अपराह्नसम्म सर्भर चलेको छैन ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाले आज सवारी चालक अनुमतिपत्र प्रणाली अवरुद्ध भएको जानकारी गराएको छ । कार्यालयले सोमबार सूचना निकाल्दै ‘ईडीएल’ र ‘भीआरएस’ प्रणाली अवरुद्ध भएको जनाएको थियो । सेवा अवरुद्ध हुँदा लाइसेन्स वितरण र दुई पाङ्ग्रे सवारीसाधनको ब्लुबुक नवीकरण बाहेक सम्पूर्ण सेवा अर्को सूचना नभएसम्मका लागि स्थगित भएका छन् ।

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले समेत सर्भर डाउनका कारण सेवा अवरुद्ध भएको जानकारी दिएको छ । उपत्यका बाहिरका कार्यालयहरूले समेत सर्भर डाउनका कारण काम अवरुद्ध भएको जनाएका छन् ।

त्यसैगरी यातायात व्यवस्था कार्यालय चाबहिलले समेत सर्भर समस्याका कारण लिखित तथा ट्रायल परीक्षा र लाइसेन्स वितरण बाहेक सबै सेवा अवरुद्ध भएको जनाएको छ ।

उता, यातायात व्यवस्था कार्यालय विराटनगरले कार्यालयका सेवा असार मसान्तसम्म स्थगित गरेको सूचना जारी गरेको छ । कार्यालयका अनुसार लाइसेन्स सम्बन्धी बायोमेट्रिक, नवीकरण, लिखित परीक्षा र प्रयोगात्मक परीक्षा अर्को सूचना प्रकाशित नभएसम्म स्थगित भएको छ । यस्तै यातायात व्यवस्था कार्यालय सुनसरीले समेत स्मार्ट कार्ड वितरण बाहेक सबै सेवा स्थगित भएको जनाएको छ

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७