देशभर मनसुनी वायुको प्रभाव: आज चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना


२०८३ असार १८ बिहीबार ०७:०९ बजे

काठमाडौं :  हाल देशभर मनसुनी वायु सक्रिय भएसँगै आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

दिउँसो देशभर साधारणतया बदली रहने र हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा वा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा तथा कोसी र मधेस प्रदेशका तराई भूभागका एक-दुई स्थानमा समेत मध्यम वर्षाको आकलन गरिएको छ।

त्यस्तै, रातिको समयमा पनि देशभर बदली कायम रहने छ। गण्डकी प्रदेशको पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। मनसुनी वायुको प्रभावका कारण चट्याङसहित वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सर्वसाधारणमा अनुरोध गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७