असई थमन विक हत्या प्रकरण : एमालेका पूर्वसांसद कोइरीलाई ५ वर्ष कैद


२०८३ असार १७ बुधबार २०:२९ बजे

जनकपुरधाम :  असई थमन विकको हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएका नेकपा (एमाले) का नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी) लाई उच्च अदालत जनकपुरले दोषी ठहर गरेको छ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले महतोलाई ५ वर्ष कैदको सजाय सुनाएको छ। यसअघि जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते महतोलाई सफाइ दिने फैसला गरेको थियो। उच्च अदालतले उक्त फैसलालाई उल्टाउँदै महतोलाई दोषी ठहर गरेको हो।

तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेश सांसद अभिराम शर्मा पक्षलगायतले जिल्ला अदालतको सो फैसलाविरुद्ध उच्च अदालत जनकपुरमा पुनरावेदन दर्ता गराएका थिए। सोही पुनरावेदनमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश जारी गरेको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७