काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा १० बजेदेखि दिउँसो २ बजेसम्म विजुली जाने

शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने


२०८३ जेठ २२ शुक्रबार ११:२८ बजे

काठमाडौँ :  यही जेठ २३ गते शनिबार काठमाडौँ र ललितपुरका झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गतको ‘१३२ के.भी. प्रसारण कण्डक्टर अपग्रेडिङ्ग आयोजना मातातीर्थ’ ले १३२ के.भी. स्युचाटार सबस्टेशनमा रहेको बसलाई सटडाउनमा राखी मर्मतसम्भार तथा स्तरोन्नति गर्न लागेकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो ।

आयोजनाले जारी गरेको सूचनाअनुसार स्युचाटार र टेकु सबस्टेशन अन्तर्गतका कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक केन्द्रबाट वितरण हुँदै आएका ९८ स्थानमा शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति प्रभावित हुनेछ ।

यो सटडाउन अवधिमा उपत्यकाभित्रका अन्य सबस्टेशनबाट आपूर्ति हुने वितरण प्रणालीमा समेत आंशिक प्रभाव पर्न सक्ने प्राधिकरणले जनाएको छ । मौसम प्रतिकूल भएमा भने पूर्वनिर्धारित समय हेरफेर हुन सक्नेछ । प्राधिकरणले निर्धारित समयमै काम सम्पन्न गर्ने प्रयास गरिने जानकारी दिँदै ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ ।

 

 

जेठ २३ गते शनिबार विद्युत् आपूर्ति अवरुद्ध हुने स्थानहरूको सूची:

वितरण केन्द्र विद्युत् आपूर्ति अवरुद्ध हुने प्रमुख स्थानहरू
कुलेश्वर वितरण केन्द्र (५३ स्थान) सबस्टेशन गेट, खड्का गाउँ, पुरानो नैकाप, सिर्जना चोक, इन्द्रथान, गुर्जुधारा, हाई भिजन कोलोनी, बाफल, इचङ्गुनारायण मन्दिर, पाँचधारा मोड, स्वयम्भु, सानो भर्याङ्ग, भगवानपाउ, गौतम गाउँ, हसनटार, गोदामथोक, सिताराम स्कुल, फस्कु, जयन्ती गाउँ, रामकोट, भिमढुङ्गा, छत्रे देउराली, कलंकी, रविभवन, लाम्पाटी, गाईबाच्छा पाटी, बलम्बु, ढुङ्गेअड्डा, नैकाप, सतुङ्गल, बोसीगाउँ, प्राधिकरण मार्ग, सुनारगाउँ, सोल्टीमोड, छाउनी, टेलिकम, आर्मी हस्पिटल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, च:मती, खसीबजार, बल्खु, कुलेश्वर आवास क्षेत्र, साल्ट ट्रेडिङ्, सीता पम्प, महेन्द्र रत्न क्याम्पस लगायतका स्थानहरु ।
कीर्तिपुर वितरण केन्द्र (११ स्थान) मैत्रीनगर, ट्याङ्ग्ला फाँट, कीर्तिपुर, सल्यानस्थान, बल्खु, चोभार, भाजङ्गल, आदिनाथ, भूतखेल, टौदह, त्रि.वि. परिसर लगायतका स्थानहरु ।
रत्नपार्क वितरण केन्द्र (२० स्थान) न्यूरोड, धरहरा, रंगशाला, सुन्धारा, खिचापोखरी, हनुमानढोका, बसन्तपुर, थापाथली, माइतीघर, विष्णुमती खोला, सोह्रखुट्टे, टेकु, स्वास्थ्य सेवा विभाग, त्रिपुरेश्वर, कालिमाटी, क्षेत्रपाटी, असन, इन्द्रचोक, भिमसेनस्थान, लगन चोक लगायतका स्थानहरु ।
पुल्चोक वितरण केन्द्र (१४ स्थान) बल्खु हेल्थ पोष्ट, सानेपा, झम्सीखेल, पुल्चोक, हरिहर भवन, नख्खु चोक, बागडोल, धोबिधारा, धोबिघाट, नयाँबाटो, भैंसेपाटी, सिद्धीविनायक टोल, मञ्जुश्री, कुपण्डोल लगायतका स्थानहरु ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७